माउन्ट ग्लोरीलाई उपाधि


माउन्ट ग्लोरीले प्रथम अन्तरविद्यालय वडा स्तरीय फाइभ ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

टोखा नगरपालिका वडा नं. ८ र पारामाउन्ट एकेडेमीको संयुक्त आयोजनामा बानियाँटारमा भएको फाइनलमा माउन्ट ग्लोरीले काभ्यालाई ६–३ गोलले पराजित ग¥यो । माउन्ट ग्लोरीका चन्दन दास र आयुश घलानले ह्याट्रिक गरे । चन्दन उत्कृष्ट फरवार्ड पनि चुनिए ।

पारामाउन्ट एकेडेमीका अनिश तामाङ उदीयमान खेलाडी घोषित भए भने गोलरक्षकमा काभ्याका मन्जिल श्रेष्ठ र डिफेन्समा हिमालयनका रितेश शेरचन उत्कृष्ट ठहरिए ।

विजेतालाई आयोजक वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।