विराटनगरमा सुरक्षा गार्डको हत्या, आँखा निकालिएको अवस्थामा शव भेटियो


सरोज यादव,विराटनगर ।
विराटनगरमा एक सुरक्षा गार्डको हत्या भएको छ । विराट नर्सिङ होम नजिकै रहेको न्यू बिक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको हो ।

आइतबार बिहान ५० वर्षीय टंक भट्टराईको शव आँखा निकालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार विराटनगर–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए ।

तर, बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।

उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेका थिए । उनको शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको थियो ।

भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । कोठामा रहेको इन्भरटर तल खसेकोबाहेक अन्य कुनै सामान घटनास्थलमा नचलाइएको पाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।