अमेरिका: एफबीआई एजेन्ट बर्खास्त



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध टेक्स्ट सन्देश पोस्ट गर्ने आफनो एक एजेन्ट पिटर स्ट्रजोकलाई संघिय जाँच ब्युरो (एफबीआई)ले बर्खास्त गरेको छ । पिटरले अमेरिकी राष्ट्रपति चुनाव २०१६ का क्रममा एक टेक्स्ट सन्देशमा उनले ट्रम्पलाई ह्वाइट हाउस पुग्नबाट रोक्नमा मद्दत गर्ने उल्लेख गरेका थिए ।

एफबीआईका उपनिर्देशक डेविड एल बोडिचले शुक्रबार पिटरलाई निकालेको एक विज्ञप्तीमा उल्लेख गरेको छ । यद्यपी एफबीआईको आन्तरिक कार्यालयले पिटरलाई डिमोसन गर्ने र ६० दिनका लागि जिम्मेवारीबाट निलम्बित गर्ने निर्णय गरेको थियो । पिटरलाई निकाल्ने फैसला उनको निजी सन्देश भाइरल भएको महिनौंपछि आएको हो ।

प्रतिक्रिया दिनुहोस्