मस्जिद भत्काउन दिएन



बेइजिङ, (एजेन्सी)
चीनको निंगसिया स्वायत्त क्षेत्रको वुझोंग सहरमा भत्काउने योजना असफल भएको छ । उक्त योजनाको विरोधमा हजारौं मुसलमान मस्जिद वरिपरी घेरेर बसेका थिए । सरकारी सन्चार माध्मले कानुन भन्दा माथि धर्म हुन नसक्ने उल्लेख गर्दै उक्त योजनाको समर्थन गरेका थिए । मस्जिद नविकरणका क्रममा नियमको उलंघन गरेको आरोप सरकारी पक्षले लगाएको छ । प्रदर्शनकारीहरुले सप्ताहन्तमा लगातार प्रदर्शन जारी गरिरहेका छन् । प्रदर्शनकारीहरु रातदिन मस्जिदमै बसिरहेको हङकङ स्थित साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । सरकारले मस्जिदको ढाँचामा कुनै परिवर्तन नहुने प्रतिबद्धता नजनाएको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्