विमान चोरी



सियाटल, (एजेन्सी)
स्थानिय समय अनुसार अमेरिकाको सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार साँझ ८ बजे चोरीएको होराइजन एयरलायन्सको एउटा खाली विमान समुद«ी क्षेत्रमा दुर्घटनाग्रस्त भएको एक वरिष्ठ संघिय उडयन सुत्रले जनाएको छ । सो विमान एकजना ग्राउन्ड कर्मचारीले चोरी गरेको बताइएको छ । नर्थ अमेरिकन एरोस्पेश डिफेन्स कमान्डलाई आफ्ना लडाकु विमानबाट सो विमानलाई पछ्याएका थिए । पियर्स काउन्टी सेरिफको विभागले २९ वर्षिय आत्मघाती व्यक्तिलाई एक घन्टा लामो उडानमा पछ्याएका दुईवटा एफ – १५ लडाकु विमान भने सुरक्षित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्