उइघुरमाथि दमन



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघको मानव अधिकारवादी समुहले शनिवार आफुले चीनले झण्डै दस लाख उइघुरहरुलाई ‘ प्रति आतंककारी केन्द«हरु ’ मा थुनिराखेको विश्वस्त खवर प्राप्त गरेको दावी गरेको छ । उक्त समतिीको जातियर विभेद उन्मुलन विभागका सदस्य गे म्याकडोगलले चीनको विषयमा सम्पन्न संयुक्त राष्ट्र संघको दुई दिने बैठकमा सो दावी गरेकी हुन् । उनले बेइजिंगले उइघुर सयत्त क्षेत्रलाई विशाल वन्दि शिविरमा परिणत गरेको भन्ने खवरबाट आफु निकै चिनितत भएके बताएकी छिन् । चीनले यसबारे अझै सम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्