मातापितालाई नागरिकता



वासिङटन, (एजेन्सी)
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका मातापिता विक्टर र अमालिजा क्नाव्जलाई बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले हटाउन चाहेकै प्रावधानमा अमेरिकी नागरिकता प्रदान गरिएको छ। स्लोभेनियाका विक्टर र अमालिजा क्नाव्ज ग्रिनकार्ड पाएर कानुनी स्थायी बासिन्दाका रूपमा अमेरिकामा बस्दै आएका हुन्। उनीहरुका छोरीको स्पोन्सरमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअगाडि नै क्नाव्ज दम्पतीले ग्रिनकार्ड हासिल गरिसकेका थिए। ट्रम्पले परिवारमा आधारित प्रायोजनमा हुने यो प्रक्रियालाई नै निर्मूल पार्न चाहेको हो। उनले यसलाई ‘चेन माइग्रेसन’ को संज्ञा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्