काठमाडौं । नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको खबर बाहिर अाएकाे छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको बताइएकाे छ।
राष्ट्रियसभामा नेकपाको तर्फबाट मुख्य सचेतक समेत रहेका भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको श्रोतले बताएको छ । नेता भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पुर्याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो ।
गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् । यद्यपि,गौतमले नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफु अनविज्ञ रहेको बताए । उनले हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट भट्टराईको नेतृत्वमा टोली पठाइएको बताए ।
विमानस्थलबाटै फर्काइएको भन्ने विषयमा नेता भट्टराईसँग टेलिफोनमार्फत बुझ्न खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।
जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहेपनि उनी होटलसम्म पनि नपुगेको एक प्रतिनिधिले जानकारी दिए ।











प्रतिक्रिया