राप्रपा (राष्ट्रवादी) को सिंगो जिल्ला समिति राप्रपामा समाहित

0
Shares

कञ्चनपुर । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कंचनपुर जिल्ला अध्यक्ष तुल बहादुर थापा सहित सम्पूर्ण जिल्ला कार्यसमिति र सो पार्टीका सम्पूर्ण जनवर्गिय संगठनहरु आजबाट विधिवत रुपमा मातृपार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका छन् ।

उहाँहरुको पार्टी प्रवेशले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन ठुलो टेवा पुगेको पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले बताउनुभयो ।