भारत: करुणानिधिको निधन



चेन्नइ (एजेन्सी)
तमिनाडुका पुर्व मुख्यमन्त्री तथा डीएमकेका अध्यक्ष एम करुणानिधिको मंगलबार साँझ चेन्नईको अस्पतालमा निधन भएको छ । उनी ९४ बर्षका थिए । करुणानिधि करिब ८ दशकसम्म राजनितिमा सक्रिय रहे र पाँच पटक तमिलनाडु मुख्यमन्त्री रहे । उनले १५ पटक विधानसभाको चुनाव लडेर हरेक पटक जित हासिल गरेका थिए ।

करुणानिधिको जन्म सन् १९२४ जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिलामा भएको थियो । उनका पिताको नाम मुथुवेल र आमाको नाम अन्जुकम थिए । करुणानिधि विगत केही दिन देखि गम्भिर रुपमा विरामी परेका थिए । चन्नई स्थित उनकै आवासमा उनको उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्