रोमा, (एजेन्सी)
युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलेग्रीले क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षण गर्न पाउनु आफ्नो लागि पनि गर्वका विषय भएको बताएका छन् ।
रोनाल्डो र लियोनल मेसी विश्वका दुई उत्कृष्ट खेलाडी भएको भन्दै रोनाल्डोसँग काम गर्न पाउनु गर्वको कुरा भएको उनले बताएका हुन् । प्रि–सिजन टुरमा आफु केहि युवा खेलाडीबाट प्रभावित भएको बताए पनि आगामी नयाँ सिजनका लागि आफ्नो टोलीमा अब खेलाडी नथप्ने उनले बताए ।
किइभोसँग खेल्दै युभेन्ट्सले यसपटकको सिरी ए सिजनको सुरुवात गर्नेछ । रोनाल्डोले सोही खेलबाट डेब्यू गर्ने बताइएको छ । उनले आफ्नो टोली प्रतिस्पर्धाका लागि तयार रहेको बताए ।











प्रतिक्रिया