नेयमारले नाटक नगरेको, पीएसजी नछाेड्ने

0
Shares

लन्डन, एजेन्सी
विश्वकपमा डाइभ गर्दै घुम्ने गरेको भन्दै हाँसोका पात्र बनेका ब्राजिलका स्टार नेयमारले आफुले नाटक नगरेको बताएका छन् ।

खेल्ने क्रममा आफूलाई फाउल हानिए पनिआफ्नो आलोचना गर्नेहरुले पीडा कहिले नबुझेको उनले बताए । सामाजिक सञ्जालमा हाँसोका पात्र बनेका नेयमारलाई व्यंग्यगर्दै दक्षिण अफ्रिकी एक टेलिभिजनले विज्ञापन समेत बनाएको थियो । सो व्यंग्यबारे स्काई स्पोर्ट्ससँग आफ्नो पीडा हाँसोको विषयनभएको उनले बताएकाहुन् । हरेक खेल पछि आफुलाई ४ देखि ५ घण्टासम्म दुखाई हुने गरेको नयेमारले बताए ।

‘यो कुनै हाँसोको विषय हैन। मेरो पिडा देख्नेले बुझ्न सक्दैन,’–उनले भनेका छन्, ‘म हरेक पटक खेलाडीलाई बल छक्याउने प्रयास गर्छु । कतिपयले मलाई रोक्ने प्रयास गर्दै म विरुद्ध फाउल गर्छन् । त्यो निकै पिडादायक हुन्छ ।’ यो विश्वकपमा नेयमारविरुद्ध १० पटक विपक्षी खेलाडीले फाउल गरेकाथिए । विश्वकपको पछिल्लो २० बर्षमा सबैभन्दा बढी फाउलभोग्ने खेलाडी नेयमार नै बनेका छन् ।

पीएसजीमा नै बस्ने
नेयमारले पेरिस सेन्जजर्मेन (पीएसजी) मा नै बस्ने बताएका छन् ।
यो विषयमाकुनै शंकानगर्न नेयमारले आग्रह समेत गरे । यो सिजनआफू पीएसजीमै रहने नेयमारले पुनः दोहो¥याएकाहुन् । ‘म शतप्रतिशतपीएसजीमै रहन्छु,’ नेयमारले भनेका छन् ।

आलोचकहरुले अनावश्यक रुपमा गरेको कुराको पछि नलाग्न नेयमारले आग्रह गरेका छन् । रियल मेड्रिडले आफ्नो स्टार रोनाल्डोलाई केही साता अघि बिक्री गरेपछि नेयमारलाई भित्र्याउने हल्लाचलेको थियो। तर पीएसजीले भने नेयमार नछोड्ने यसअघि नै बताएकाथिए। अहिले नेयमारले पनिपीएसजीतत्काल नछाड्ने मनसायव्यक्त गरेको हो।

Skip This