टेबलटेनिस टोली भारत प्रस्थान


काठमाडौं, (नेस)

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ । पुरुषमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन् । पुरुष खेलाडी संख्या पनि ३ नै रहेको छ । बाँकी एक खेलाडी दीप साउन साउन १३ गते मात्र दिल्ली जाने अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन् । खेलाडीले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्ने छन् । त्यहाँबाट टोली भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।