रौतहट प्रिमियर लिग असोजमा

0
Shares

काठमाडौं, (नेस)
पहिलो पटक रौतहट प्रिमियर लिग (आरपीएल) टी २० क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।
शुक्रबार पत्रकार सम्मेलनमा आयोजकले जनाएअनुसार आगामी असोज १ देखि १० गतेसम्म प्रतियोगिता संचालन हुनेछ । ललितपुरको कुमारीपाटीस्थित ओमेगा माध्यमिक स्कूलले आयोजना गर्ने प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउनेछन् । जसलाई चार समूहमा विभाजित गरिनेछ र समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलको लागि छनोट हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान, बलर, उदीयमान खेलाडीले जनही १० हजार नगद हासिल गर्नेछन् । त्यस्तै हरेक खेलका म्यान अफ द म्याचले २ हजार नगद दिइनेछ ।

यसैगरी सर्वाधिक छक्का प्रहार गर्नेले ८ हजार, सर्वाधिक चौका प्रहार गर्नेले ७ हजार र हरेक खेलका म्यान अफ दि म्याचले जनही २ हजार नगद हासिल गर्नेछन् । रौतहटको गरुडस्थित श्री सुगर मिल्स मैदानमा खेल हुने प्रतियोगितामा सहभागि हुने हरेक टोलीसँग ३५ हजार नगद लिइएको पनि आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा आयोजक ओमेगा, नेपाल पुलिस क्लब, एचसीए, नेक्सस एकेडेमी, रौतहट क्लब, लायन्स युवा क्लब, आसिस एकेडेमी, रोयल पीसी फाइटर, मलपोखरी क्रिकेट क्लब, नेपाल क्रिकेट स्कूल, त्रिभुवन आर्मी क्लब रहेका छन्।

 

Skip This