अमेरिका: ट्रम्पद्वारा आलोचना



वासिंगटन,(एजेन्सी)
अमेरिकामा आफ्नो प्रस्तुतिको व्यापक आलोचना भइरहेकाबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसंग फिनल्यान्डको राजधानी हेलेसिन्कीमा भएको शिखरवार्ताको प्रतिवाद गरेका छन् ।

ट्विटरमा ट्रम्पले आफु पुटिनसंग मिलेको देख्न नचाहनेहरुको आलोचना गरेका छन् । ट्रम्पलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रसियाले हस्तक्षेप गरेको भन्ने विषयमा आफ्नै देशका गुप्तचर निकायहरुलाई साथ दिन छोडेर उल्टै रसियाको पक्षमा लागेको आरोप लागेको छ । पुटिनले सो निर्वाचनमा रसियाले हस्तक्षेप गनुपर्ने कुनै कारण आफुले नदेखेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्