बजाज खडक वारियर्स विजेता

0
Shares

वीरगञ्ज, (नेस)
प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ।

सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा ४ विकेटको जित दर्ता गर्दै वारियर्सले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधि सहित बजाज खडक वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ हात पार्यो भने उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृस्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृस्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए। उत्कृस्ट खेलाडी यादबले रु. १५ हजार तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले रु. १० हजार प्राप्त गरे।

बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर सम्भु प्रसाद यादबले पुरस्कृत गर्नुभयो।

फाईनलमा टस हारेर ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो। टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वा्धिक ३५ रन बनाए । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाए। खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २÷२ विकेट हात पारे। १ सय २८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो।

वारियर्सको जितमा पुस्प थापाले सर्वा्धिक ४२ रनको इनिंग खेल्दै जितमा अहज योगदान दिए। म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिंग गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासंग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसंग ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

फिर्दोश अन्सारीले अविजित २५ रन बनाए। यस अघि प्रशान्त राई १६, हरिशंकर शाह ० , हसिम अन्सारी ७ तथा बिबेक यादब १६ रनमा आउट भएका थिए। बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २र२ विकेट हात पारे। सप्तरी प्रिमियर लिगको आयोजनामा सम्पन्न प्रतियोगिता असार २८ गते देखि सुरु भएको थियो।

Skip This