बेल्जियनको बजार मूल्य बढ्यो

0
Shares

सेन्ट पिटर्सबर्ग, (एजेन्सी)
ब्राजिललाई क्वाटरफाइनलमा हराउने वितिकै बेल्जियमका खेलाडीको मूल्य बढेको छ । स्वर्णिम पुस्ताको उपनामले चर्चित बेल्जियमका थिबाउट कोर्टोइस, केभिन डी ब्रुएन, इडेन हजार्ड र रोमेलु लुकाकुको चौकडीले युरो २०१६ मा केही गर्न सकेका थिएन । यसपालि रुसमा भएको विश्वकप जित्ने सुनौलौ अवसर छ यो स्वर्णिम पुस्ताको लागि ।

यिनीहरुको अहिले अनुमानित बजार मूल्य करिब ५४७ मिलियन युरोसम्म पुगेको छ ।
बेल्जियमको विश्वकपमा पुगेसम्म कोही खेलाडीको पनि बजारमा त्यति चर्चा थिएन ।

एक सानदार गोलकिपर भए पनि कुर्टोइस शीर्ष गोलकिपरको सूचीमा अटाएनन् । तर केही दिनमा मौसम परिवर्तन भए जस्तै बेल्जियम खेलाडीको भाग्य नै चम्केको छ ।

अनुमानित बजार मूल्यः मिलियन युरोमा
डीब्रुएनः १५०
हजार्डः ११०
लुकाकुः ९०
कुर्टोइसः ६०
एल्डरविरेल्डः ४०
बर्टोेघेनः ३२
मर्टेन्सः ३०
करास्कोः २५
विसेलः १८
म्युनिएरः १५
फेलाइनीः १२
कोम्पेनीः १०
चाडलीः १०

Skip This