नाडाल अन्तिम १६ मा

0
Shares

लन्डन, (एजेन्सी)
राफाल नाडालले लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

शनिबार तेस्रो चरणको खेलमा स्पेनी खेलाडीे एलेक्स डी मीनाउरलाई हराएर चौथो चरणमा पुगेका हुन् । सात वर्षमा तेस्रो पटक नाडाल चौथो चरणमा पुगे । उनले अस्टे«लियनमाथि ६–१, ६–२, ६–४ ले हराएका थिए । यस्तै स्वीस खेलाडी रोजर फेडेरर पनि अन्तिम १६ मा पुगेका छन् ।

उता महिलातर्फको शीर्ष खेलाडी रोमानियाकी सिमोना हालेप विम्बल्डनबाट बाहिरिएकी छिन् । फ्रेन्च ओपन विजेता हालेपलाई विश्वको ४८ नम्बरको खेलाडी हसीह सु वेईले तीन सेटमा हराएकी हुन् । तेस्रो चरणको खेलमा ताइवानीले हालेपलाई ३–६, ६–४, ७–५ ले पराजित गरेकी थिइन् । यो जितसँगै सु वेई पहिलो पटक अन्तिम १६ मा पुगिन् ।

 

क्याप्सनः क्वाटरफाइनल खेल हारेपछि ब्राजिली खेलाडी मैदानमा निरास भएका थिए ।

इंग्ल्यान्डले गोल गरेपछि इंग्लिस फ्यान खुशी मनाउँदै ।

Skip This