क्वालालम्पुर (एजेन्सी)
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले इस्लाम धर्मगुरु तथा प्रवचक जाकिर नाइकलाई भारत समक्ष सुपुर्दगी नगर्ने बताएका छन् । प्रशासनिक राजधानी पुतराज्यमा एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले एक प्रश्नको जवाफमा भने – ‘जबसम्म कुनै समस्या गर्दैन तबसम्म हामी उनलाई फिर्ता पठाउँदैनौं । उनको स्थायी आवासको दर्जा पनि कायम रहने छ । ‘ जाकिर नाइक भारतका चर्चित इस्लामिक विद्धान हुन र कट्टरपन्थी विचारधाराका कारण विवादमा परेका छन् । जाकिर नाइकले सन् २०१६ मा भारत छोडेका थिए । उनीमाथि भारतमा पैसाको अवैध लेनदेन गरेको र कट्टरपन्थी सम्बन्धी आरोपमा बान्टेड जारी गरिएको छ ।











प्रतिक्रिया