मेसीको नक्कल गर्दा निधन



नयाँ दिल्ली, (एजेन्सी)
लियोनेल मेसीको शैली नक्कल गर्ने क्रममा एक फुटबलर सागर दासको निधन भएको छ ।
जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए । सागर मेसीका बडा फ्यान्स थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन ।

भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए । मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए । त्यही अनुसार उनले पनि त्यही भुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो । उनी त्यही बेहोस भयो । अस्पतालमा छिटै लगे पनि उनको श्वास समाप्त भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्