गुफामा फसेकालाई फिफाको निमन्त्रणा

0
Shares

लन्डन, (एजेन्सी)
फिफाका अध्यक्ष जियानी इन्फेटिनोले थाइल्यान्डको गुफामा फसेका बच्चाहरु र उनका कोचलाई विश्वकप फाइनल हेर्न निमन्त्रणा दिएका छन् । इन्फेटिनोले १५ जुलाईसम्म बाढीको पानी कम भएर फुटबल टिम बाहिर निस्कने आशा गरेका छन् । इन्फेटिनोले बताए—वाइल्ड बोअर्सको टिमका खेलाडीलाई बचाउने छ र १५ जुलाईमा मस्कोमा हुने फाइनलमा उनीहरु उपस्थित हुनेछन् ।

उनले थाइल्यान्डका फुटबल संघका प्रमुखलाई पठाएको पत्रमा लेखिएको थियो—हामीलाई अपेक्षा छ कि छिटै उनीहरु आफनो परिवारसँग मिल्नेछ । यदि उनीहरुको स्वास्थ्य यात्रा गर्न सकिने अवस्था भएमा म उनीहरुलाई २०१८ विश्वकप फाइनलमा पाहुनाको रुपमा निमन्त्रणा गरेर खुशी हुनेछु ।

थाइल्यान्डका ११ देखि १६ वर्षका फुटबल खेलाडी २३ जुनदेखि आफना कोचसँग अध्याँरो गुफामा फसिरहेका छन् । हराएको ९ दिनपछि ब्रिटेनका डाइभरहरुले उनीहरुको स्थान पत्ता लगाएका हुन् । बच्चाहरुको भिडियो जारी पनि गरिसकेको छ । र उनीहरु हाँसिरहेको तस्वीर पनि संसारभर फैलिएको छ । उनीहरु बाँचेको खबरले ९ दिनसम्म दुःखित भएका उनका परिवार खुशीले पागल भएका थिए ।