बीबीसीले जित्यो उपाधि



काठमाडौं, (नेस)
ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको फाइनल खेलमा बीबीसीले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराएको हो । यो जितसँगै आर्मीको लगातार उपाधि जित्ने सपना तुहियो । विजेता टोलीका लागि निर्णायक गोल अनुप गुरुङले ८७ औं मिनेटमा गरेका थिए ।

यो जितसँगै बीबीसीले पहिलो पुरस्कार ३ लाख रकम हात पार्दा आर्मीले १ लाख ५० हजार नगद प्राप्त ग¥यो । प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने आर्मीका डिफेन्डर विकास खवास, र फरवार्ड दिनेश हेम्जन, बीबीसीका गोलकिपर आकास रानाभाट, मिडफिल्डर जय गुरुङ र कोच उजेन श्रेष्ठले जनही १० हजार नगद हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्