क्रोएशियाली मिडफील्डको प्रमुख खेलाडी हुन लुका मोड्रिच । जारी विश्वकपमा उनको स¥हानीय प्रदर्शनका कारण क्रोएशियाले उत्कृष्ट नतिजा आत्मसात गरिरहेको छ ।
जारी विश्वकपमा उनले आफ्नो नाममा दुई गोल समेत गरिसकेका छन् । यो संख्या अझै बढ्न सक्नेछन् । उनी सेन्ट्रल मिडफील्डर हुन् , तर डिफेन्सिभ र अट्याकिंग मिडफील्डरको भूमिका निभाउन समेत पोख्त छन् ।
समूह चरण र अन्तिम १६ मा गरी पछिल्ला ४ वटै खेलमा क्रोएशियाले जितको नतिजा निकाल्दा मिडफिल्डमा उनको भूमिका तारिफयोग्य बनेको थियो । सन् २०१२ देखि रियल मेड्रिडमा आबद्ध ३२ वर्षीय मोड्रिचले रियलबाट १ सय ६६ खेलमा ९ गोल समेत गरेका छन् । सन् २००६ देखि क्रोएशियाको राष्ट्रीय टोलीमा अटाउदै आएका मोड्रिचले १ सय ९ खेलमा १४ गोल गरेका छन् ।











प्रतिक्रिया