५ हजार शव



मोसुल (एजेन्सी)
इराकको मोसुल सहरमा ध्वस्त भवनका भग्नावशेषबाट गत महिना मात्रै ५ हजार २ सय भन्दा धेरै शव बरामद भएको बताइएको छ । मोसुल नगरपालिकाका लाइथ जेनीले उक्त जानकारी दिँदै प्राप्त शवमा २ हजार ६ सय ५८ नागरिकको र २ हजार ५ सय ७० इस्लामिक स्टेटका लडाकुको भएको बताए । हालै मात्र सवान सहरमा ६ वटा शव बरामद भएको र भग्नावशेषमा अझै ५ सय देखि ७ सय सव हुन सक्ने अनुमान गरिएको उनले बताए । ती शवहरु विगत १० महिनादेखि भग्नावशेषमा पुरिएको र अत्यन्त खराव अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्