काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूस्थित नेपाल एपीएफ रंगशालामा शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक समारोहका बीच फुटबल खेलका मुख्य रेफ्री दिनेश अधिकारीलाई फुटबल हस्तान्तरण गरी सो प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय टिमले सशस्त्र प्रहरी बल नेपाल उपत्यका सुरक्षा कार्यालय टिमलाई ३–० ले हरायो ।











प्रतिक्रिया