डा.केसी इमरजेन्सी वार्डमा



जुम्ला (नेस) । बिभिन्न माग राखेर यहां अनसन बस्दै आउनु भएका डा. गोबिन्द केसीको अवस्था गम्भिर बनेको भन्दै उहांलाई अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ ।

चिकित्सा शिक्षा अध्यादेशलाई जस्ताको तस्तै कानुन बनाउनुपर्ने माग राखेर अनसन बस्नु भएका डा. केसीको छातीमा समस्या देखा परेपछि स्थानीय प्रशासनले लगाएको तोडेर अस्पताल पु¥याइएको हो । जुम्ला अस्पतालका चिकित्सक प्रबिण गिरीले डा केसीको छातिमा गम्भिर समस्या देखापरेपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएर राखिएको जानकारी दिनुभयो ।

डाक्टर केसी प्रतिष्ठानको कभर्ड हलमा शनिबार देखि अनसन बस्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्