राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भएको ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयमा पेश भएका विधेयक बुधबार प्रमाणीकरण गर्नु भएको हो।

संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन विधेयक, २०७५  प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्