सांसदलाई गृहमन्त्री थापाको कडा जवाफः अनशनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवाद


नेपाल समाचारपत्र, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापा बादलले अनशनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको प्रतिकृया दिएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई पक्राउ नगरिएको र विरोध गर्न रोक नलगाएको बताए ।

तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने भन्दै विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित नगरिएको बताए । उनले भने, ‘अनसन बस्न पाइन्छ ।

अति संवेदनशील बस्तुमा अस्पताल चोक संवेदनशील ठाउँमा विरोध गर्दा अस्तव्यस्त हुन्छ । अन्त बस्न सक्नुहुन्न ? त्यसैले यस्तो गर्नु पनि हामी लोकतन्त्र भन्दैनौं यदि सरकार प्रतिगामी भयो भने विद्रोह गर्नुपर्ने भन्दै नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले प्रश्न गरे, ‘अहिले विद्रोह गर्ने समय हो ? यो सरकार दलाल राष्ट्रघातीको हो ?’

उनले संसद बैठकलाई सम्बोधन गर्दै आन्दोलन विद्रोह नभई प्रतिविद्रोह रहेको बताएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।