बेलायत: वार्ता गर्न अस्विकार



लन्डन (एजेन्सी)
बेलायतका रक्षा मन्त्री गेविन विलियमसनले आफनो भारतिय समकक्ष निर्मला सीतारमणसँग द्विपक्षिय बैठक बस्न अस्विकार गरेकोमा बेलायतको क्याबिनेटमा उनको आलोचना भएको छ । सीतारमण लन्डनमा पहिलो ‘बेलायत–भारत सप्ताह‘ बैठकमा सहभागी हुने तयारीमा थिइन् ।

यद्यपी सन्चार माध्यममा आएको उक्त समाचारलाई निर्मला सीतारमणले निराधार भएको बताएकी थिइन् । उक्त बैठकका लागि भारतिय अधिकारीको तर्फबाट एक महिना अगाडी देखि अनुरोध गरिएको द सन्डे टाइम्सले दावी गरेको छ । बेलायतका कम्तीमा दुई मन्त्रीले विलियमसनलाई सीतारमणका लागि समय निकाल्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्