सडक दुर्घटनामा परी ६ भारतीयको मृत्यु


बिराटनगर । भारतको सुपोलबाट नेपाल घुम्न आएका ६ जना भारतीय नागरिकको सडक दुर्घटनामा परी निधन भएको छ ।

धनकुटाको भेडेटार घुमेर भारत फर्कने क्रममा गएराति सुनसरीकाे कोशी गाउपालिका ४ कोशी कटानमा दुर्घटना हुदा उनीहरुको मृत्यु भएको १ नम्वर संघीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले नेपाल समाचारपत्रलाइ जानकारी दिनु भयो ।

सो भारतीय गाडीमा सवार १० मध्ये ५ जनाको घटनास्थलमा र १ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जिप आफैँ अनियन्त्रित हँुदा छजनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।