स्पेनको पासमा नयाँ कीर्तिमान



मस्को, (एजेन्सी)
नकआउट चरणबाट बाहिरिएको स्पेनले विश्वकपमा पासको नयाँ कीर्तिमान बनाएको छ । आईतबार रुसविरुद्धको खेलमा स्पेनले १ सय २० मिनेटमा १ हजार १ सय १४ पास खेलेर कीर्तिमान राखेको हो । विश्वकप खेलमा १ हजारको कोसेढुंगामा पुग्ने स्पेन पहिलो टिम पनि हो ।

निर्धारित ९० मिनेटमा पनि स्पेनले ७ सय ७० पासको नयाँ कीर्तिमान राखेको छ । यसअघि ९० मिनेटमा ७ सय ३ पासको कीर्तिमान अर्जेन्टिनाले २०१० विश्वकपमा ग्रीसविरुद्ध खेलेको थियो । यस्तै स्पेनका कप्तान सर्जियो रामोसले विश्वकपमा १ सय ४१ पास खेलेर सिंगल खेलाडीले सबैभन्दा पास खेलेको कीर्तिमान राखे ।

प्रतिक्रिया दिनुहोस्