विश्वकपको प्रचारमा हुलाक टिकटको प्रयोग



—सुरेन्द्रलाल श्रेष्ठ (फिलाटेलिष्ट)

हुलाक टिकटहरु प्रचारका निमित्त अत्यन्त शसक्त माध्यम भएकोले यसपालि ह’न गइरहेको १६ औं विश्वकप फुटबल प्रतियोगिताको प्रचारार्थ खेल शुरु हुनु भन्दा धेरै दिन अगावै फ्रान्सले ३ फै्रन्क मूल्य पर्ने एउटा अदभ”त किसिमको ह’लाक टिकट जारी गरिसकेको छ।

विश्वका धेरै मुलुकहरुले हुलाक टिकटहरु राम्रो गन प्रतिस्पर्धात्मक तवरले वर्षे पिच्छे एक अर्को देशको भन्दा अनौठो तरिकाले निकाल्ने गर्दै आइरहेको पाइन्छ । त्यसो हुँदा संग्रहकर्ताहरु त खुशी हुने नै भए, साथै नन् कलेक्टरहरु पनि आकर्षित हुन पुगेर उनीहरुले हुलाक टिकटहरु संग्रह गर्न थाल्न हुन पुग्ने भए ।

फ्रान्सले जारी गरेको उपरोक्त विश्वकप फुटबल फ्रान्स ९८ को टिकट अन्य हुलाक टिकटहरु जस्तो चारकुने छैन यसपालि । तपाईहरु पत्याउनोस, नपत्याउनोस उक्त हुलाक टिकट एकदम गोलो फम्र्याटमा तयार गरिएको छ यसपालि ।

पकेटमा राख्न एकदमै सुविधायुक्त बुकलेट मा विक्री गरिएको थियो फ्रान्सेली हुलाक विभाग LA Poste बाट । उक्त बुकलेटमा एकातिर पाँच वटा अनि अर्को बायाँ पट्टिको भागमा पाँच वटा गरी जम्मा १० वटा हुलाक टिकटहरु समावेश गरी एउटा सुन्दर बुकलेट निष्कासन गरिएको थियो ।

उक्त बुकलेटको जम्मा मूल्य ३० फै्रन्क पर्दछ । सो बुकलेटको कभर पेजतिर रातो रंगको भूमिमा निला रंगले खेलाडीहरुको प्रोफाइल छापिएको छ कलात्मक ढंगले । बीच बीचमा एक दुई वटा खेलाडीहरुको प्रोफाइल रातो मै पनि इन्सेट गरिएको देखिन्छ । उक्त बुकलेटमा प्रयोग भएका लेटरहरु यस प्रकारका छन् ः

CARNET DE TIMBRES- POSTE 10 TIMBRES-POSTE A 3,00 LE CARNET : 30,000 F तथा
फ्रान्सेली हुलाक विभागको लोगो जसमा ीब्एइक्त्भ् र चराको प्रतिकात्मक चिह्न रहेको छ । बुकलेटको तल्लो भागमा प्रय’क्त गरेको देखिन्छ । बुकलेटको जिल्लाममा गोल पोस्ट भने सेतो रेखांकित गरिएको देखिन्छ ।

अब ह’लाक टिकटको अदभुत पर्दातिर हेरौ । उक्त गोलो हुलाक टिकट प्रयोग गर्नलाई अस’विधा नहोस भन्नाका खातिर टिकटको चारैतिर परफोरेसन (प्वालहरु अथवा छिद्रहरु) गरिएका छन् । अनि अन्य टिकटहरु जस्तै कागजहरुमा छापिएको नभै विशेष प्रकारको प्लाष्टिक मिश्रित कागजमा छापिएका छन् ।

१० टिकटहरु आपसमा जोडिएको नभई छुट्टाछुट्टै राखिएका छन् । हुलाक टिकटको मध्य भागमा एउटा नीलो फुटबल विश्वकप फुटबल फ्रान्स ९८ को लोगो समाविष्ट गरिएको छ । त्यसको माथिल्लो भागमा सेमी सर्कल गरी REPUB LIQUE FRANCAISE LA POSTAE  अभिलेखहरु कालो रंगमा छापिएका छन् भने फुटबल को मुनितिर COUPE DU MONDE  कालो रंगमा इन्भर्टेड भएको देखिन्छ । अनि ३,०० (हुलाक टिकट दर अथवा मूल्य) अलि मोटो टाइपमा छापिएको छ । सम्पूर्ण हुलाक टिकटहरुको पृष्ठभूमिमा भाग लिने देशहरुको झण्डाहरु बहु रंगमा छापिएका छन् ।

उक्त हुलाक टिकट अन्य हुलाक टिकटहरु जस्तोसुकैको गम भएको नभई टिकटको रुपमा तयार गरिएको छ । प्रयुक्तकर्ताहरुलाई ज्यादै सजिलो हुन गएको छ यो प्रविधिले गर्दा । चट्ट बुकलेटबाट उप्कायो अनि हाफनो चिटी खाममा झट्ट टाँस्यो टाँसी हाल्ने ककस्तो सजिलो । फेरि एकपटक चिटी खाममा टाँसी सकेपछि कुनै हालतमा पनि नउप्कने । लाहा छाप लगाएको जस्तो । हुलाकका टिकट चोर कर्मचारीहरुको लागि अभिशाप । पत्र प्रेषकहरुको लागि वरदान ।

हाम्रो देशको हुलाक सेवा विभागले पनि विश्वकप फुटबल FRANCE 98 को एउटा संस्मरणात्मक हुलाक टिकट जारी गर्ने भएको छ । फिलाटेलिक कार्यक्रम १९९८ अन’सार उक्त हुलाक टिकटको मूल्य रु. १८ ।– राखिने भएको देखिन्छ । अंगे्रजी मिति अन’सार उक्त प्रकाशन गरिने तिथि मे मा पर्न आउँछ भने नेपाली तिथि अन’सार २०५५ जेठमा पर्न आउँछ –सोह«ौ विश्वकप फुटलब प्रतियोगिता (फ्रान्स) ।

दिन र डिजाइनको बारेमा नेपाल फिलाटेलिक ब्यूरो सुन्धारा, काठमाडौंबाट प्रकाशित उक्त फिलाटेलिक कार्यक्रम १९९८ को पम्पलेट फोल्डरहरुमा कुनै थप कुरा जनाइएको पाइँदैन ।
सन् १९३० देखि विश्वका विभिन्न देशहरुमा आयोजित भई हजारौ किसिमका ह्ुलाक टिकटहरु जारी गरिसकेका छन् । एउटै मात्र फुटबल सम्बन्धी हुलाक टिकट निकाल्ने देश कुन हो भनी हाजिरी जवाफमा सोध्यौ भने—त्यो देश हुन आउँछ नेपाल । कसो गिनीज बूकमा दर्ता गरिएन ।

सन् १९७४ को जुलाई १ तारिखका दिन एउटा २ पैसे हुलाक टिकट जारी गरिएको थियो —हाम्रो देश नेपालमा पाकिस्तान सेक्यूरिटी प्रिन्टिङ कर्पोरेसनद्वारा लियोग्राफी प्रोसेस मुद्रित भर्टिकल डिजाइनको बहुरंगी हुलाक टिकटको बजार भाउ बेलायत हो भने १० पेन्स अर्थात् नेपाली लगभग रु १० मात्र पुग्न सफल भएको छ २४ वर्षपछि प्रकासन भएको मितिअनुसार ।

चार खेलाडी गायब
फ्रान्स ९८ विश्वकप छनौट फुटबल प्रतियोगिताअन्तर्गत जापानमा भएको दोस्रो चरणको खेलमा गएका ४ नेपाली खेलाडीहरु जापानमै गायब भए । पहिलो पटक विश्वकप छनौट खेल्न गएका ती खेलाडीहरुमा अग्रपंक्तिका नरेन्द्र श्रेष्ठ, मध्यपंक्तिका बबिन विष्ट र रक्षापंक्तिका सौगेस श्रेष्ठ र राजेश थापा थिए । जापानमा फ’टबल खेलाडी हराएको यो दोस्रो पटक हो ।

यसअघि १९९४ मा जापानमा भएको एशियाली खेलकुदमा पनि २ जना खेलाडी त्यही लुकेका थिए । एन्फाले हराउने ती खेलाडीहरुलाई खोज्ने पहल गरेको पनि थियो । तर पनि ती खेलाडीहरुलाई अहिलेसम्म भेट्टाउन सकेको छैन ।

-साधना पूर्णाङ्क ५५, विश्वकप विशेषांक ९८

प्रतिक्रिया दिनुहोस्