समर्थकले विदासमेत मागे

0
Shares

सोल, (एजेन्सी)
दक्षिण कोरियाले विश्वकप फुटबलअन्तर्गत बुधबार जर्मनीमाथि २–० को आश्चर्यचकित जित हात पारेको खुसीमा कोरियाली समर्थकले बिहीबार खुसी मनाएका छन् ।

उनीहरुले जितको खुसी मनाउन छुट्टि माग गरेका छन्। विश्वकपमा सबैभन्दा स्तब्ध नतिजा निकालेको एसियाली राष्ट्रले समूह ‘एफ’ मा जर्मनीलाई हराएर विश्वकपबाट बाहिर जान बाध्य तुल्यायो। पछिल्लो ८० वर्षमा जर्मनी पहिलोपटक समूह चरणबाट बाहिरिएको छ। ब्राजिलमा २०१४ मा दक्षिण कोरियाले १ जित पनि हात पार्न सकेको थिएन। त्यसबेला उनीहरु घर फर्कंदा टफीको वर्षात् भएको थियो। कोरियामा टफीले स्वागत गर्नुलाई अपमानको रुपमा हेरिन्छ।

सोलको प्रमुख अखबार डोंग–ए ले पहिलो पृष्ठमा लेखेको थियो– हामी अन्तिम १६ मा पुगेनौं तर हामीले विश्वको १ नम्बर टोलीलाई विश्वकपबाट बाहिर पठायौं। हामीलाई गर्व छ।

Skip This