मार्सेलोको चोट सामान्य



मस्को, (एजेन्सी)
सर्बियाविरुद्धको खेलमा चोट बोकेका लेफ्ट ब्याक मार्सेलोको चोट सामान्य रहेको ब्राजिल फुटबल संघले जनाएको छ।

बुधबार राति भएको सर्बियाविरुद्धको खेलमा चोट लागेका मार्सेलोको मेडिकल परीक्षणमा ठूलो र गम्भीर चोट नलागेको पत्ता लागेको हो। संघले सामान्य चोट लागेकाले उनी चाँडै फिट हुने बताएको छ। सर्बियाविरुद्धको खेलको १०औं मिनेटमा मार्सेलोले दुखाइ महसुस गरेपछि मैदान छोडेका थिए। मार्सेलोले सोमबार हुने प्रि–क्वाटर फाइनलमा मेक्सिकोविरुद्ध खेल्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्