‘जर्मनी बाहिरिन लायक’



मस्को, (एजेन्सी)
जर्मनीका प्रशिक्षक जोएचीम लोउले जर्मनी विश्वकपको समूह चरणबाट बाहिरिन लायक रहेको मानेका छन्।

बुधबार दक्षिण कोरियासँग २–० को हार व्यहोर्दै जर्मनी रुसमा चलिरहेको विश्वकपको समूह चरणबाटै घर फर्किएको थियो। ‘हामी समूह चरणबाटै बाहिरिन लायक थियौं’, उनले भनेका छन्– ‘हाम्रो यात्रा समाप्त भए पनि निराशा बढेको छ। म निकै तनावमा छु।’

प्रतियोगिताअघि जर्मनीले राम्रो प्रर्दशन गर्नेमा आफू विश्वस्त रहे पनि त्यस्तो नभएको उनले बताए। उनले भने– ‘हामी यसपटक उपाधि जित्न लायक थिएनौं। हामी अन्तिम १६ मा प्रवेश गर्नसमेत लायक बनेनौं। हाम्रो लय गुमेको थियो। त्यसैले हामी बाहिरियौं।’ जर्मनी प्रशिक्षकमा सन् २०२२ सम्मको सम्झौता गरेकाले जर्मन फुटबल संघले भने उनलाई पदबाट नहटाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्