तीन दिनसम्म अविरल वर्षा र बाढी आउने


काठमाडौं ।  नेपाल सरकारले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा ठूला बाढी आउने तथा नदिहरुको बहाव बढ्ने हुँदा जोगिएर यात्रा गर्न सर्वसधारणलाई सूचित गरेको छ ।

मंगलबार विहान जल तथा मौषम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा आगामी तीनदिनसम्म बाढी आउन सक्ने भएकोले सचेत हुन भनिएको छ ।

त्यस्तै भोलिसम्ममा पूर्वी नेपालको सुनसरीलगायतका क्षेत्रमा भिषण वर्षा हुने चेतावनी दिएको छ भने कोशी, बागमति, राप्ती, गण्डकी, बबई, महाकाली नदिमा पानीको बहाव बढ्न जाने हुँदा तटीय क्षेत्रका जनतालाई सचेत हुन भनिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।