यतिबेला विश्वका लगभग सबै ठाउँमा विश्वकपको माहोल चर्किएको छ । सबैको ध्यान रशियातिरै केन्द्रित भएको छ । छनोट भएका ३२ राष्ट्रहरुले आफ्नो खेल प्रस्तुत गरिसकेको अवस्था छ ।
यसमा को माथि पुग्छ को बाहिरिन्छ भन्ने कुराको छिनोफानो पनि खेलिएको खेल र हानीएको गोलको आधारमा हुनेछ । यसमध्य विश्वकपको दावेदार मानिएको एवम् पटक पटक विश्वकप खेलेको अर्जेन्टिना यतिवेला आफ्नो फुटबल इतिहासको खराबमध्येको एक क्षणबाट गुज्रिरहेको छ। विश्वका उत्कृष्ट खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा भएपनि अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ।
पहिलो खेलमा अप्रत्यासित रुपमा आइसल्याण्डसँग बराबरीमा र दोस्रो खेलमा क्रोएशियासँगको ३–० अन्तरले पराजयपछि २०१४ विश्वकपको उपविजेता टोली अर्जेन्टिनालाई आज अन्तिम मौका छ। नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेसँगै अर्जेन्टिनाको अन्तिम १६ को सम्भावना बाँकी रहेको थियो। आज भने उनीहरु आफैले आफ्नो भाग्य कोर्नेछन्। अर्जेन्टिनाको भाग्य समूह डी को टोलीहरुको समिकरणमा निर्भर छ।
यस्तो छ अर्जेन्टिना अन्तिम १६ मा पुग्न समिकरण
ग्रुपमा भएको क्रोएशिया लगातार सुरुवाती दुई खेल जित्दै ६ अंकका साथ अन्तिम १६ मा पुगिसकेको टोली हो । आइसल्याण्डसँग निकै फराकिलो अन्तरले नहारे समूह विजेता बन्ने निश्चित छ । यसैगरि नाइजेरियाले पनि आइसल्याण्डलाई पराजित गरेको र क्रोएशियाविरुद्ध पराजित टोली ३ अंकका साथ दोस्रो स्थानमा छ। अर्जेन्टिनालाई पराजित गरे सोझै दास्रो चरणमा पुग्ने तखरमा देखिएको छ ।
यदि अर्जेन्टिनालाई बराबरीमा रोक्यो र आइसल्याण्डले फराकिलो अन्तरले क्रोएशियालाई हरायो भने गोलअन्तरका आधारमा नाइजेरिया र आइसल्याण्डमध्ये एक चोटी अन्तिम १६ मा पुग्नेछ। नाइजेरियासँगको बराबरी र हारले अर्जेन्टिना भने बाहिरिनेछ।
साथै आइसल्याण्डले अर्जेन्टिनासँग बराबरी खेलेको र नाइजेरियासँग पराजय भोगेको टोली १ अंक र गोलअन्तरका आधारमा अर्जेन्टिनाभन्दा माथि रहँदै तेस्रो स्थानमा छ। अन्तिम खेलमा क्रोएसियालाई ठूलो अन्तरले पराजित गर्दै नाइजेरिया र अर्जेन्टिनाबीचको विजेतालाई गोलअन्तरले पराजित गरे दोस्रो चरणमा पुग्ने निश्चित जस्दै भएको छ ।
यसै ग्रुपमा खेल्दै आएको अर्जेन्टिना एक अंकका साथ पुछारमा रहेको छ । यदि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा अर्जेन्टिनाको ४ अंक हुनेछ , नाइजेरियाको ३ अंक हुने छ र क्रोएशियासँग आइसल्याण्ड पराजित भएमा आइसल्याण्डको १ अंकमै रहने छ वा बराबरीमा रोकिएमा आइसल्याण्डको २ अंक हुने छ । यसरी अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ।
तर, नाइजेरियालाई पराजित गर्न अर्जेन्टिनालाई हम्मे हम्मे पर्ने देखिन्छ । यदि, अर्जेन्टिनाले नाइजेरियालाई जित्यो र आइसल्याण्डले क्रोएशियालाई जित्यो भने दुबै टोलीको समान ४ अंक हुनेछ। यस्तो भएमा गोलअन्तर कम हुने टोली अन्तिम १६ मा पुग्नेछ। अहिलेको गोलअन्तर अर्जेन्टिना –३, आइसल्याण्ड –२ छ।
गोलअन्तर पनि बराबरी भएमा, कुन टिमले बढी गोल गरेको छ। त्यसका आधारमा निर्णय लिइनेछ। यदि दुबै टोलीले गरेका गोलपनि बराबरी भएमा यी दुई टोलीहरु आमने सामने हुँदा पाएको अंकका आधारमा निर्णय लिइनेछ। यी दुई टोलीले आमने सामने हुँदा १–१ को बराबरी खेलेकाले दुबैसँग १–१ अंक रहेको छ।
आमने सामनेमा पनि बराबरी देखिएपछि निर्णय फेयरप्लेका आधारमा लिइनेछ। जसमा अनुसासित टोली अर्थात कम कार्ड बेहोर्ने टोली अन्तिम १६ मा पुग्छ। एउटा पहेलो कार्ड बराबर –१ प्वाइन्ट र दोस्रो पहेला र रेडकार्ड पाउने टोलीको –३ प्वाइन्ट, सिधै रातोकार्ड पाउनेको –४ प्वाइन्ट र पहेलोसँगै रातो कार्ड पाउनेको –५ नम्बर हुनेछ ।
अहिलेको अवस्थामा अर्जेन्टिना यसमा पनि पछि देखिएको छ। अर्जेन्टिनाका तीन खेलाडीहरुले पहेलो कार्ड पाएका छन् भने आइसल्याण्डका कुनैपनि खेलाडीले पाएका छैनन्।
यदि, अर्जेन्टिना नाइजेरियासँग जित्न असफल भयो वा बराबरीमा रोकियो भने सोझै प्रतियोगिताबाट बाहिरिने पक्का छ ।














प्रतिक्रिया