रुसी महिलासँग मेलजोल बढाउँदै

0
Shares

मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपको दौरान अर्को देशका फुटबल समर्थकले स्थानीय महिलाहरूसँग मेलजोल बढाउन धेरै चासो बढाएको एजेन्सीले जनाएको छ।

अर्जेन्टिनाबाट आएका समर्थक अगुस्टिन ओथेलोले आफ्नो टोलीको समीक्षा गर्नु साटो फोनमा रुसी महिलाको नम्बर गन्नमा व्यस्त रहेका छन्। २६ वर्षीय इन्जिनियरले साथीहरूसँग होड लागेको छ कि सबैभन्दा बढी महिलाको फोन नम्बर कसले बटुलेका छन्। अगुस्टिनलाई आशा छ कि उनी ह्यान्डसम छन् र उनले माया पाउनेछन्।

उनले बताए कि अंगे्रजी या स्पेनिस भाषा कम रुसी महिलाले बुझ्दछन्। भाषाको बाधा बाबजुद समर्थक आफैं रुसी व्यक्तिहरूसँग मिल्न कसैले रोक्न सकेको छैन। जबकी रुसी राजनीतिज्ञहरूले स्थानीय महिलालाई विदेशी पुरुषसँग टाढा रहन सल्लाह दिइरहेका छन्।

जति बच्चा हो त्यति नै राम्रो
रुसको दोस्रो संसद् एलडीपीआर पार्टीका सांसद मिखायल देगत्यारयोभले बताए– ‘ज्यादा मायाले विश्वकपसँग जुडेको महशुस हुन्छ। जति बच्चा हो त्यति नै राम्रो हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले विश्वकप दौरानमा रोमान्स गर्ने कसैको निजी छनोट करार दिएको छ।

पुटिनका प्रवक्त डिमित्री पेस्कोभले बताए– ‘रुसी महिलाहरू आफूले आफूलाई सम्हाल्न सक्छन्। उनीहरू संसारकै सर्वश्रेष्ठ महिलाहरू हुन्।

Skip This