सेनेगल २–१ गोलको अग्रता


एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबल प्रतियोगितामा पोल्याण्डविरुद्धको खेलमा सेनेगल विजयी भएको छ। रुस विश्वकप अन्तर्गत मंगलबार भएको रोचक खेलमा सेनेगल २–१ विजयी भएको हो।

पोल्याण्डले ३८ औँ मिनेटमा आत्माघाती गोल गरेपछि सेनेगल प्रतिस्पर्धात्मक खेलमा अगाडि बढेको थियो। दोस्रो गोल सेनेगलका लागि ६० औं मिनेटमा माइ नाइङले गरे। पोल्याण्डका गोलरक्षक गोल रोक्न डि एरिया बाहिर आएको मौकामा पोल्याण्डले दोस्रो गोल गरेको थियो।

पोल्याण्डका लागि सान्तवना गोल जर्जिज क्रिचोविकले ८६ औं मिनेटमा गरे। आत्मघाती गोल नभएको भए खेल बराबरीमा टुंगिने थियो। तर, पोल्याण्ड आत्मघाती गोलका कारण पराजित भएको हो। मंगलबारकै पहिलो खेलमा कोलम्बियामाथि जापान २–१ ले विजयी भएको छ।

Skip This