नवोदित पानामासँग बेल्जियमको सामना

0
Shares

बेल्जियम

पछिल्लो विश्वकप ः क्वार्टरफाइनल, २०१४
उत्कृष्ट नतिजा ः चौथो, १९८६
मेनेजर ः रोबर्टो मर्टिनेज
क्याप्टेन ः इडेन हाजार्ड
हालको फिफा वरीयता ः ३
सम्भावित फर्मेसन ः ३–४–२–१

महत्वपूर्ण खेलाडी
चेल्सीका स्टार इडेन हाजार्ड उत्कृष्ट खेलाडी हुन्। उनले गत सिजन चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी विपक्षीका लागि कुनै पनि बेला घातक बन्न सक्छन्। केभिन डे ब्रुयने बेल्जियमका अर्का उत्कृष्ट खेलाडी हुन्। उनलाई ‘असिस्ट किङ’ समेत भन्ने गरिन्छ। पेप ग्वार्डिओलाको नेतृत्वको म्यानचेस्टर सिटीबाट उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरेर प्रिमियर लिग जिताउन महत्वपूर्ण योगदान गरे। उनी विश्वका उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन्। यस्तै रोमेलु लुकाकुले गत सिजन एभर्टनबाट म्यानचेस्टर युनाइटेड आएर उत्कृष्ट खेल पस्के। विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

पानामा

विश्वकप ः पहिलो सहभागिता
मेनेजर ः हर्नन डारियो गोमेज
क्याप्टेन ः रोमन टोरेस
हालको फिफा वरीयता ः ५५
सम्भावित फर्मेसन ः ५–४–१ अथवा ४–४–२
महत्वपूर्ण खेलाडी
क्याप्टेन रोमन टोरेस पानामाका लागि एक प्रेरणा हुन्। टोरेस तिनै व्यक्ति हुन्, जसले पानामालाई विश्वकपमा छनोट हुने महत्वपूर्ण मानिएको कोस्टारिकाविरुद्धको खेलमा विजयी गोल गरेका थिए। पानामासँग अन्य ठूला स्टार खेलाडी छैनन्। तर, बलियो सामूहिक भावना र सन्तुलित खेल शैलीका कारण पनामाले राम्रो प्रदर्शन गर्दै आइरहेको छ।

Skip This