ब्राजिल स्विट्जरल्यान्ड बीचको खेल बराबरीमा टुंगियो



एजेन्सी ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल आइतबार राति अबेला भएको खेलमा स्विट्जरल्याण्डसँग बराबरीमा टुंगिएको छ । निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ ।

पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्न सकेन । ब्राजिलका कुनै पनि खेलाडी दोस्रो हाफमा चम्किन सकेनन् । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्