भिलेनबाट हिरो

0
Shares

मास्को, (एजेन्सी)
पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेलमा स्पेनका एक खेलाडी भिलेनबाट हिरो बनेका छन्। खेलको चौथो मिनेटमै उनी भिलेन बनेका थिए। खेल सकिने सकिने समयमा उनी हिरोभन्दा कम भएनन्। उनको नाम हो इग्नेसिया फर्नाडिज इग्लेसियस हो। उनलाई यो नामले भन्दा पनि नाचो नामले चिन्दछन्। उनको उमेर २८ वर्षको रहेको छ र उनी रोनाल्डोको रियल मेड्रिडमा डिफेन्डरमा हुन्।

नाचोको फाउलको कारण पोर्चुगलले शुरुआतमै पेनाल्टी पाएको थियो। कप्तान रोनाल्डोले स्पेनी गोलकिपर डेविडलाई उल्टो दिशामा डाइभ गर्न लगाएर सानदार गोल गरे। यो गोलले शुरुआतमै स्पेनको टोली र समर्थकलाई निराशको लहर फैलाइदिए। ब्राजिलमा जन्मेका डिएगो कोस्टाले बराबरी गोल फर्काए पनि रोनाल्डोले अर्को गोल थपेर पोर्चुगललाई फेरि २–१ को अग्रतामा राखेका थिए।

दोस्रो हाफमा फेरि स्पेनका कोस्टाले गोल गरेर खेल बराबरीमा ल्याए। स्पेनको टोली र समर्थकमा खुशीको लहर भइरहेको अवस्थामा नाचोले उनीहरूलाई नाच्न र खुशी हुने अझ मौका दिए। डिबक्सबाट डिफ्लेक्ट भएर आएको बललाई नाचोले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।

टोलीका ब्याक खेलाडी नाचोका लागि यो मौका निश्चित थियो। उनले हाफ भली प्रहार गर्दा बल हावामा घुम्दै पोर्चुगलको दायाँ पोस्टमा लागेर गोल भएको थियो। स्पेनका खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय गोलसमेत थियो। साथै कमेन्टेटरले यो गोल शायद यस विश्वकपको उत्कृष्ट गोल सावित हुने भनिरहेका थिए।

Skip This