नाइजेरिया माथि क्रोएशियाको जित


एजेन्सी, रसिया ।
नाइजेरिया र क्रोएशियाबीच गएराति भएको खेलमा क्रोएशियाले जीत हात पारेको छ । क्रोएशियाले नाइजेरियामाथि २–० ले पछि पार्दै जीत हात पारेको हो ।

नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको क्रोएशियाले दोस्रा हाफमा पेनाल्टीबाट दोस्रो गोल गरे। खेलको ३२ औं मिनेटमा इटेबोले आत्मघाती गोल गरेका हुन्।

त्यस्तै दोश्रो गोल क्रोएशियाका मोडरिकले खेलको दोस्रो हाफको ७१ औं मिनेटमा पेनाल्टी मार्फत गरेका हुन्। नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि पेनाल्टी पाएको थियो।नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा अग्रता कायम गर्न सफल भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।