पुटिनमाथि सोसियल मिडियामा ठट्टा

0
Shares

मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकपको उद्घाटन समारोहमा सम्बोधन गर्दा माइकका कारण सोसियल मिडियामा ठट्टाको पात्र बनेका छन्। पुटिनले बोलिरहँदा माइकले गर्दा उनले सुटमै भुत्लाको ब्रा लगाएका झंै देखिएको भन्दै सोसियल मिडियाका फ्लोअर्सले ठट्टामा लिएका थिए।

ट्विटरका एक फ्लोअर्सले लेखे– ‘कोही पुटिनलाई भन्नु कि उनले भुत्ला ब्रा लगाइरहेको झैं देखियो।’
अर्कोले ठट्टा गरे– ‘पुटिनको साहस हो यस्ते ब्रा लगाउनु।’

Skip This