मोरोक्कोसँग इरानको भिडन्त

0
Shares

स्पेन र पोर्चुगलबीच हुने खेलभन्दा अगाडि समूह बी को पहिलो खेलमा मोरोक्को र इरान भिँड्दै छन्। एसियाली टोली इरान र अफ्रिकी टोली मोरोक्कोका लागि यो खेल जितेर तीन अंक जोड्नु अतिआवश्यक छ। किनभने यसपछि यी दुबै टोलीले स्पेन र पोर्चुगलसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यसैले मोरोक्को र इरानले यो खेलमा आफ्नो क्षमताले भ्याएसम्म जितकै लागि खेल्ने तय छ।

इरानको आशा २३ वर्षीय स्ट्राइकर सरदार अजमौनमाथि छ। उनले इरानका लागि ३३ खेलमा २३ गोल गरेका छन्। त्यस्तै २५ वर्षीय मिडफिल्डर हकिम जीएच पनि टोलीका लागि भरपर्दा खेलाडी हुन्।

इरानको सबैभन्दा राम्रो नतिजा भनेको २० वर्षअघिको विश्वकपमा थियो। इरानले अमेरिकाविरुद्ध २–१ को मीठो जित निकालेको थियो। यसपछि विश्वकपमा खासै प्रभाव छोड्न नसकेको इरानले यसपटक केही राम्रो गर्ने आशा लिएको छ।

उता मोरोक्कोले रुससम्म यात्रा गर्न छनोट खेलमा गोल नै बेहोरेको थिएन। अघिल्ला १८ खेलमा हार भनेको नै देखेको छैन। यही आत्मविश्वासले पक्का छ कि आज हुने खेलमा मोरोक्कोले जित निकाल्नेछ।

 

 

Skip This