कारागारमा पनि विश्वकप

0
Shares

फुटबल विश्वकपको प्रभाव अर्जेन्टिनाको एक कारागारमा पनि बनेको छ। ब्युनोस आयर्सको प्वेर्टो मेड्रिएन कारागारमा कैदीहरूले भोक हड्ताल गरेका छन्। उनीहरूको माग छ विश्वकप फुटबल हेर्ने। तर त्यहाँ जडान गरेको केवल खराब हुँदा कैदीहरूले विश्वकपको मजा लिन सक्ने छैनन्। त्यसैले उनीहरूले कारागारका प्रबन्धनलाई केवल ठीक गर्न भनिरहेका छन्। तर प्रबन्धनले यसतर्फ ध्यान दिएको छैन। अन्तमा कैदीले विरोधको बाटो अपनाएर भोक हड्ताल शुरू गरेका हुन्।

करिब नौ जना कैदीले लिखित निवेदन पनि दिएका छन्। यसमा लेखिएको छ कि फुटबल खेल हेर्ने हाम्रो अधिकार हो। यसबाट हामीलाई रोक्न मिल्दैन। तीन दिनदेखि केवल बन्द छ। भनेर पनि जानीजानी ठीक गरिएन। यदि यस्तै चलिर≈यो भने भोक हड्ताल जारी हुन्छ। कैदीहरूले आफ्नो राष्ट्रको पहिलो खेल हेर्न चाहेका छन्।

Skip This