मेसी मानिया

0
Shares

हल्का नीलो र सेतो धर्के जर्सी लगाउने लियोनल मेसीको १० नम्बरको जर्सी लगाएर अर्जेन्टिनाका समर्थकको आउने क्रम जारी रहेको मस्कोको मिडियाले जनाएको छ।
हरेक सडक, गल्ली, चोकमा अर्जेन्टिनाको जर्सी लगाएर हिँड्नेहरू देख्न थालिएको छ। अर्जेन्टिना १९९३ मा कोपा अमेरिका जिते यता अर्को उपाधि जित्ने कोसिसमा रहेको छ। अर्जेन्टिनी टोलीले रुस पुगेर परीक्षण शुरू गरेपछि मेसी मानिया चारैतिर बढिरहेको छ।

जुन देशमा डिएगो म्याराडोना र लियोनल मेसी जस्ता खेलाडी जन्मे त्यो देसले धेरै उपाधि जित्ने आशा बन्छ। म्याराडोनाले १९८५ मा अर्जेन्टिनालाई विश्वकप त दिलाए। तर मेसीले विश्वकप वा कोपा अमेरिका कप उपाधि दिलाउन सकेका छैनन्। रेड स्क्वायरमा अर्जेन्टिनाका चार समर्थकले ठूलो झण्डा लिएर आफ्नो फोटो खिचाएका थिए। जहाँ म्याराडोना र मेसीको तस्वीर बनेका थिए।

त्यहाँ समर्थकको एक समूहले अर्जेन्टिना, अर्जेन्टिना, मेसी, मेसीको नारा दिइरहेका थिए। एक समर्थक ब्युनोस आयर्सबाट रुस पुगेका छन्। उनले भने– ‘वातावरण शानदार छ। हामी यहाँ आफ्नो टिमलाई चियर गर्न पुगेका हौँ। मलाई आशा छ कि यसपटक हामी जित्न सफल हुनेछांै।’ अर्जेन्टिनाले आफ्नो समूहमा पहिलो खेल आइसल्यान्डविरुद्ध जुन १७ मा खेल्नेछ।

Skip This