रोबी विलियम्सले गीत गाउने



लन्डन, (एजेन्सी)
ब्रिटिस पपस्टार रोबी विलियम्सले रुसमा बिहीबार हुने विश्वकपको उद्घाटन समारोहमा आफ्नो गीतले सबैलाई मन्त्रमुग्ध पार्नेछन्। कैयौं अवार्ड जितिसकेका र टेक ड्याट ब्यान्डका सदस्य रहिसकेका रोबीले रुसकी क्लासिकल गायिका आइदा गैरिफुलीनासँग विश्वकपको पहिलो खेल हुनुअगाडि गीत प्रस्तुत गर्नेछन्। २१औं विश्वकपको पहिलो खेल मस्कोको लुज्नीकी रंगशालामा आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच हुनेछ। ४४ वर्षीय रोबीले बाल्यकालमा रुसमा एक सानदार शो प्रस्तुत गर्ने सपना रहेको बताएका छन्। २ वर्ष पहिला रोबीको पार्टी लाइक व रसिनय बोलको गीत धेरै विवादमा रहेको थियो। रुसी अखबारले त्यतिबेला रुसमा प्रस्तुत गर्न प्रतिबन्ध लगाउनुपर्ने लेखेको थियो।

प्रतिक्रिया दिनुहोस्