मेसीको भविष्य विश्वकपमा टिकेको



ब्रोनीटसी, रुस, (एजेन्सी)
अर्जेन्टिनाका कप्तान लियोनल मेसीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियको भविष्य आउँदो विश्वकपमा टिकेको बताइएको छ। मेसीले उनीहरू कति अगाडि जानेछन् त्यसमा निर्भर रहेको बताए। उनले भने– ‘हामीले कसरी प्रदर्शन गर्छौं र कति अगाडि जान्छांै। हामी ३ फाइनल हारिसकेका छौं जसले गर्दा हामीलाई केही मुस्किल बनाएको छ।

ब्राजिलमा भएको विश्वकप २०१४ मा फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले हारेको थियो। यसपछि अर्जेन्टिना २०१६ कोपा अमेरिका कपमा पनि चिलीसँग फाइनलमा हारेको थियो। विश्वकपको दौरान मेसी ३१ वर्षको हुनेछन्। उनको टोलीले आइसल्यान्डजस्तो नवोदित टोलीसँग शनिबार मस्कोमा प्रतिस्पर्धा गर्नेछ। समूह डीमा अर्जेन्टिनाले क्रोएसिया र नाइजेरियाको पनि सामना गर्नुपर्नेछ, जुन टोलीका लागि त्यति सहज नभएको मेसी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्