पूर्वकप्तानसहित पाँचै जनालाई सफाइ

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ५ जना खेलाडीले राज्यविरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्।

विशेष अदालतले पाँचै जनालाई बिहीबार सफाइ दिएको हो। सागरसँगै प्रशिक्षक अन्जन केसी, पूर्वराष्ट्रिय खेलाडीत्रय रितेश थापा, सन्दीप राई र विकास सिंह क्षेत्रीले सफाइ पाएका हुन्। राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेकोमा महानगरी प्रहरीले तीनीहरूलाई जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिकमा मुद्दा दर्ता गरेको थियो।

नेपालमा म्याच फिक्सिङको विषयमा कानुन नभएका कारण उनीहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको थियो। यसमा सफाइ पाएका उनीहरूलाई फुटबलको सर्वोच्च निकाय फिफाले आजीवन खेलमा प्रतिबन्ध लगाएको छ।

Skip This